जनकपुरधाम/श्रावण ७ गते। आज साउन महिनाको पहिलो साेमवार , साउने साेवार व्रत बसी शिवजीकाे पूजा आराधना गर्ने धार्मिक परम्परा छ । काठमाडौं काे पशुपतिनाथ , जनकपुरधामकाे शिव मन्दिर , कपिलेश्वर महादेव मन्दिर , जलेश्वरकाे शिव मन्दिर , टुटेश्वर महादेव मन्दिर , जनकनन्दिनी काे शिव मन्दिर लगायत मन्दिरहरुमा शर्धापूर्वक पूजापाठ गर्न काे लागी आज बिहानैदेखि दर्शनार्थीकाे घुइँचो छ ।
साउन हरियो , पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाहरुबाट सुरु भएको फेसन अहिले अरु समुदायका महिलाहरुमा समेत फैलिएको छ । यससँगै श्रृङ्गारका सामग्रीकाे व्यापार गर्ने कस्मेटिक व्यवसायीकाे व्यापार पनि बढेको छ । केही वर्षयता साउन महिनामा विवाहित हाेस् या अविवाहित महिलाले हातमा हरियो , चुरा हत्केलामा र खुट्टामा मेहेन्दी लगाउने गरेका छन् । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय बढेको छ । संस्कृतिविद्हरुका अनुसार साउन महिनालाई धर्म र संस्कृतिकाे पवित्र महिनाका रुपमा लिइन्छ । हिन्दु धर्ममा श्रावण साेमबारे व्रतकाे विशेष महत्व छ । श्रावण महिनाकाे याे पहिलो साेमबार आज साउन ७ गते व्रत बस्नाले सन्तान सुख, धन , निराेगी र मनाेकांक्षीत जीवन साथी प्राप्त हुने विश्वास गरिन्छ । साथै दाम्पत्य जीवनको दाेष र अकाल मृत्यु जस्तो संकटलाई टाढा भगाउँछ ।
श्रावणे साेमबारकाे व्रत एवं पूजा विधि
साेमबार व्रत राख्ने व्यक्तिले सूयाेदय भन्दा अगाडि उठेर दैनिक क्रियाबाट निवृत भएर स्नान गर्नु पर्दछ ।
सफा कपडा पहिरिएर पूजा घरमा जानुहाेस् ।
त्यहाँ भगवान शिवको मूर्ति , तस्बिर या शिवलिङ्गलाई गंगा जलले धाेएर सफा गर्नुहोस् ।
तामाकाे लाेटा या अन्य पात्रमा जल भरेर त्यसमा गंगा जल मिसाउनुहाेस । त्यसपछि भाेलेनाथलाई जलाभिषेक गर्नुहाेस र सेताे फूल, अक्षता, भांग , धतूराे , सेताे चन्दन , गाइकाे दूध , धूप आदि अर्पित गर्नुहाेस् ।
यसपछि ओम नम: शिवाय मन्त्रकाे जप गर्नुहाेस् ।
पुन: शिव चालिसाकाे पाठ गर्नुहाेस र अन्त्यमा आरती गर्नुहाेस् ।
Discussion about this post