असार ३ गते। हिन्दु पद्धतीमा एकादशी व्रत सबैभन्दा बढी प्रचलित व्रत मानिन्छ । वर्षमा चौबिस एकादशी आउँछ । यद्यपि सबै एकादशीमध्ये जेष्ठ शुक्ल एकादशी सबैभन्दा बढी फलदायी वा महत्वपूर्ण मानिन्छ ।
निर्जला एकादशीको व्रत एकदमै संयम साध्य हो । यस युगमा यो व्रत सम्पूर्ण सुख भोग र अन्तमा मोक्ष भनिएको छ । कृष्ण पक्ष र शुक्ल पक्ष दुबै पक्षको एकादशीमा अन्न मात्र होइन पानी सेवन गर्नु समेत बर्जित छ । त्यसैले त यसलाई निर्जला एकादशी भनिएको हो ।
वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।
चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए । आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ ।
प्रसिद्ध ज्योतिष गुरु बिबेक ज्यु
(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)
Discussion about this post