nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मैथिली भाषाको पुस्तक ‘अन्हार घरमे डिबिआ’ शब्द–चित्रको लोकार्पण सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १९, २०८१, १०:४६ मध्यान्ह
मैथिली भाषाको पुस्तक ‘अन्हार घरमे डिबिआ’ शब्द–चित्रको लोकार्पण सम्पन्न

जेठ १९ गते। पत्रकार सुजीतकुमार झाद्वारा लिख‘अन्हार घरमे डिबिआ’ शब्द–चित्रको लोकार्पण कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ ।मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोकार्पण गर्दै भन्नुभयो – पठन संस्कृतिको विकासका लागि निरन्तर लेखन र पुस्तक प्रकाशन आवश्यक रहेको छ । उहाँले पुस्तक प्रकाशनमा सहयोगका लागि प्रदेश सरकार र स्थानीय सरकारले नयाँ निति ल्याउनुपर्ने समेत बताउनु भयो । उहाँले भन्नुभयो – समाजलाई अग्रगति दिने पुस्तक तथा लेखनमा मेरो सहयोगको सधै प्रतिबद्धता हुन्छ । समाजमा काम गर्ने वा नगर्ने व्यक्तिमा गतिशिलता हुन्छ, तै पनि प्रतिभाहरुलाई जीवन मुल्य, जीवन व्यवहारलाई सजिव बनाउन जिवन मुल्यको व्यवहार सिकाउने भएकोले सदैव सहयोगमा साथ रहनेछु ।

पत्रकार झाको ‘अन्हार घरमे डिबिआ’ १६ औ कृति रहेको छ । यसअघि मैथिली भाषामा उहाँको चिड़ै कथा संग्रह, रिपोटर डायरी, जिद्दी कथा संग्रह, गन्ध कथा संग्रह, कोइली घूरि आउ बालकथा संग्रह, खजुरीबाली कथा संग्रह, बुलबुल कथा संग्रह, तितलीसंग दोस लगाएब बालकथा संग्रह, सीताराम विवाहपर अनुसन्धान एवं विश्लेषण पुस्तक ‘पुनि पुनि होत विवाह’ प्रकाशित रहेको छ । ६ वटा अनुवाद पुस्तक पनि उहाँको प्रकाशित भएको छ । नेपालीवाट मैथिलीमा ती पुस्तकहरु प्रकाशित गर्नुभएको छ ।

समारोहमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले लेखनकाज धेरै कठिन कार्य रहेको छ यसका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता माथि जोड दिनुभएको छ । मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालले साहित्यको सबै क्षेत्रमा लेखन कार्यलाई बढाउनु पर्छ बताउँदै भन्नुभयो सुजीतको लेखनको यही विशेषता रहेको छ उहाँले कथा कविता मात्रै होइन विविध क्षेत्रमा लेखन गर्नुहुन्छ भन्नुभयो । एउटा अर्को प्रसंगमा उहाँले प्रकाशनको समस्याका कारण धेरै लेखकको यात्रा बाटैमा हराउने गरेको बताए ।

तमलोपका राष्ट्रिय अध्यक्ष वृषेशचन्द्र लालले मैथिलीमा प्रकाशनको समस्या भन्दा पठन समस्या बढिरहेकोले पठन तर्फ अभियान चलाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । वरिष्ठ चिकित्सक एवं तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंहले ‘अन्हार घरमे डिबिआ’ पुस्तकको विशेषता भनेको नकारात्मकतावाट सकारात्मकतामा ल्याउनु रहेको बताउनुभयो ।राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजिव झाले लेखनकार्य एउटा तपस्या जस्तो रहेकाले सबैकार्य छोडी यसमै लाग्दा मात्रै ठूलो लेखक बन्ने गरेको बताए । साहित्यकार एवं समालोचक रोशन जनकपुरीले सुजीतको विकास यात्राको शुरुदेखिकै साक्षी आफू रहेको बताउँदै भन्नुभयो शुरुमै पुस्तक पढने उनको बानी पूभावित गरेको थियो भने अहिले निरन्तर लेखन र साहित्यको विभिन्न विद्यामा लेखन प्रभावित गरिरहेको छ ।

सामाजिक कार्यकर्ता प्रमोद चौधरीले ‘अन्हार घरमे डिबिआ’को माध्यमले लेखक जनकपुरधामको विकास गतिदिन चाहन्छन् बताए । व्यापारी नेता पवनकुमार ठाकुरले शुरुको समयमा संघर्षको पाट हुन्छ त्यो पाटको समीक्षा हुँदा धरातलीय अवस्थाको ज्ञात हुने गरेको चर्चा गर्नुभयो ।
प्रधानाध्यापक पवनकुमार मण्डलले गाउँवाट जनकपुर पढन होइन जनकपुरवाट गाउँमा पढन, अरु जिल्लावाट गाउँमा पढन आफूले अभियान चलाएको कथा ‘अन्हार घरमे डिबिआ’ मा देख्न सकिन्छ बताए । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो समारोहमा पुस्तकका लेखक सुजीतकुमार झा, समीक्षकका रुपमा रहेका मनोज साह, अनुज मिश्र, विभा ठाकुर, योगगुरु मनोहर साह, समाजिक कार्यकर्ता कृष्ण दीक्षित, गायक एवं संगीतकार सुनिल मल्लिक, पत्रकार एवं प्राध्यापक श्यामसुन्दर शशि, पत्रकार जयन्त ठाकुर लगायतले बोल्नु भएको थियो ।

Tags: मैथिली

Discussion about this post

Related Posts

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

१४ बर्षमा विश्वका १९० देशमा औपचारिक रूपमा पुग्यो योगा

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!