बैशाख ६ गते। धनुषा बाट अवैध लागूऔषध सहित महोत्तरीका एक युवक पक्राउ परेको छ। जनकपुरधाम उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४८ ग्राम ४६ मिलिग्रामसहित महोत्तरी लोहारपट्टी नगरपालिका-५ डढोरा टोल बस्ने २५ वर्षीय दिलिप कुमार दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उनले प्रयोग गरेको म.प्र.०३-००५ प ९८९५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Discussion about this post