बैशाख ४ गते । वीरगन्जबाट प्रतिबन्धित लागूऔषध सहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय सुगम श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ बस्ने २८ वर्षीय दिनेश नेगी रहेका छन् ।
प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा वीरगन्जमा महानगरपालिका १६ रजतजयन्ती चाेकबाट लागूऔषध फेनारगन ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल तथा खैरौ हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्रामसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु माथि लागूऔषध सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी बताए ।















Discussion about this post