चैत ३० गते। सर्लाहीको ब्रह्मपुरीमा खेत जोतिरहेका अवस्थामा ट्याक्टर चालकलाई करेन्ट लागेर मृत्यु भएको छ ।
चैते धान रोप्नका लागि ब्रह्मपुरी गाउँपालिका–२, का सत्यनारायण साहको खेत जोतिरहेका बेला ज १ त ४३१४ नम्बरको ट्याक्टरका चालक सोही ठाउँका २७ वर्षीय राजेश पासवानको मृत्यु भएको हो। पानी पठाइरहेको मोटरको तारमा ट्याक्टरले छुँदा करेन्ट प्रवाह भई चालक पासवान गम्भीर घाइते भएका थिए।
उनको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा बिहीबार निधन भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
मृतक पासवानको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।















Discussion about this post