जनकपुरधाम/चैत २७ गते। जनकपुरधाममा दिनदहाडै छुरा प्रहार गरि हत्या गरेको अभियोगमा एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका-७ डेरा गरी बस्ने महोत्तरी एकडाडा गाउँपालिका-३ घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय अर्जुन साहलाई प्रहरीले पक्राउ गरेको हो ।
जनकपुर उपमहानगरपालिका-७ विश्वकर्मा चोक नजिक कलबार कुट्टी जाने बाटोमा अपरिचत व्यक्तिले चक्कु प्रहार गर्दा महासेठ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले घाइतेलाई प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । चक्कु प्रहार गर्ने व्यक्तिको खोजी र अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-४ कलबारकुट्टीबाट साहलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ















Discussion about this post