काठमाडौँ/असाेज ३१ गते। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण शनिबार हुने भएको छ।
कांग्रेस प्रचार समितिका अनुसार शपथग्रहण कार्यक्रम पार्टी कार्यालय, सानेपामा दिउँसो २ बजे हुनेछ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका थापाको शपथ लिन लागिएको हो। अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ भने दसैँपछि मात्र हुने पार्टीले जनाएको छ।
















Discussion about this post