nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज ३०, २०८३, ९:२९ मध्यान्ह
प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

जनकपुरधाम/असोज ३० गते। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानले प्रदेशलाई दिएको प्रहरीसम्बन्धी अधिकार कार्यान्वयनका लागि प्रहरी समायोजन प्रक्रिया शीघ्र अघि बढाउन सङ्घ सरकारलाई दबाब दिने बताएका छन्।

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा शुक्रबार मधेश प्रदेश प्रहरी कार्यालयले जनकपुरधाममा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले दशैँ, तिहार र छठ पर्वपछि प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई थप दबाब दिने बताएका हुन्।

हालै विराटनगरमा सम्पन्न मुख्यमन्त्रीहरूको सम्मेलनले संविधानले व्यवस्था गरेको प्रहरीसम्बन्धी अधिकार प्रदेशमा स्थापित गर्न शीघ्र प्रहरी समायोजन गर्नुपर्ने निष्कर्ष निकालेको उल्लेख गर्दै उनले प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरी समायोजन अपरिहार्य रहेको बताए।

मुख्यमन्त्री यादवले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न, सडक सुरक्षा व्यवस्थापन गर्न तथा विपद्का समयमा उद्धार र राहत कार्यमा नेपाल प्रहरीले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे। उनले नेपाल–भारत खुला सीमाका कारण हुन सक्ने सीमा अपराध, लागूऔषध ओसारपसार, अवैध हातहतियार तस्करी र मानव बेचबिखन नियन्त्रणमा प्रहरीले थप सतर्कता अपनाउनुपर्नेमा जोड दिए।

बदलिँदो समयसँगै अपराधका स्वरूपसमेत परिवर्तन भइरहेकाले प्रहरीलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउन आवश्यक रहेको उनको भनाइ थियो। प्रदेश सरकारले प्रहरीको मनोबल उच्च राख्न आवश्यक सहयोग गर्दै आएको पनि उनले बताए।

प्रहरीको भौतिक पूर्वाधार र स्रोतसाधनमा प्रदेशको जोड

कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले शान्ति सुव्यवस्था कायम गर्न र कानुनी शासनको प्रत्याभूति दिलाउन प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताए।

प्रदेशमा शान्ति सुरक्षा सुदृढ बनाउन सरकारले प्रहरीका भौतिक पूर्वाधार निर्माण तथा आवश्यक स्रोतसाधन व्यवस्थापनका लागि वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको उनले जानकारी दिए।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनताको घरदैलोसम्म पहुँच रहेको नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षा कायम गर्न पुर्‍याएको योगदान सराहनीय रहेको बताए।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भाव बिगार्न खोज्ने गतिविधि नियन्त्रण गर्न प्रदेशभर ‘अपरेसन साइबर अपराध नियन्त्रण’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

उत्कृष्ट प्रहरी कर्मचारी तथा व्यक्तित्व सम्मानित

प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ। मधेश प्रदेशभर उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मुख्यमन्त्री यादवले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।

त्यस्तै, महिला हिंसाविरुद्ध सचेतनामूलक टिकटक भिडियो निर्माणमा प्रथम भएका सप्तरीका कलाकार जुगेश्वर यादव र विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गरेका रौतहटको मौलापुरमा कार्यरत प्रहरी निरीक्षक भरत केसीलाई नगद तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो।

समारोहमा अमर प्रहरीका परिवारजन तथा ट्राफिक व्यवस्थापन र सामुदायिक प्रहरी सेवामा उल्लेखनीय योगदान पुर्‍याउने प्रहरी कर्मचारीलाई समेत कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको सुरुवातमा मुख्यमन्त्री यादवले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका कार्यवाहक प्रमुख परमेश्वर साह, मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाललगायतले प्रहरीको भूमिका र शान्ति सुरक्षा व्यवस्थापनका विषयमा मन्तव्य व्यक्त गरेका थिए।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comधनुषा खबरमधेस प्रदेश खबरसमाचार

Discussion about this post

Related Posts

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि