गिरिजानन्द साह/चैत २२ गते। मालपोत विरुद्ध संयुक्त संघर्ष समितिले मालपोत कार्यालय मि न पा ढल्केवरमा सार्ने कार्यलाई तत्काललाई स्थगित गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा बिहिबार ज्ञापनपत्र बुझाएको छ ।
२०७२ सालमा मन्त्रीपरिषद बाट निर्णयको आधारमा हाल कार्यान्वयन गर्न लागेको मध्ये मालपोत कार्यालय ढल्केवरमा राखेको धनुषाधाम नगरपालिका ,सबैला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको सहमति नरहेको साथै मिति २०७२/०६/१६ गते को निर्णयलाई हाल कार्यान्वयन गर्नु विधि,कानुन र संविधान विपरित रहेकोले तत्काल सो कार्यलाई स्थगित गरि अहिलेको आवश्यकता अनुसार सरोकारवालाहरुको राय,सल्लाह,अनुगमन,कार्यालयको मापदण्ड,नीति नियम अनुरुप सो कार्य गर्न संघर्ष समितिले माग गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
साथै मालपोत कार्यालय ढल्केवर कार्यालयको मापदण्ड विपरित कार्यालयको घर भाडा लिएको,करार कर्मचारीको नियुक्ति पनि कानुन विपरित भएको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ। ज्ञापन पत्रमा उल्लेख भए बमिजोम नभए वा सो को सम्बोधन नगरिए कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने मालपोत विरुद्ध संयुक्त संघर्ष समितिका संयोजक रमण कुमार सिंह बताए ।मालपोत विरुद्ध संयुक्त संघर्ष समितिका संयोजक रमण कुमार सिंह,उद्योग वाणिज्य संघ जनकपुरधामका उपाध्यक्ष अम्भु साह,घर जग्गा व्यवसाय संघका अध्यक्ष रंजित कुमार पजियार लगायतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाईएको छ।

















Discussion about this post