जनकपुरधाम/चैत ७ गते। जनकपुरधाममा २०८१ बैशाख १ गतेदेखि “अन्तर पालिका क्रिकेट कप २०८१ ” प्रतियोगिता हुने भएको हो । न्यु भिजन नेपाल र जनकपुर स्पोर्ट क्लबको आयोजनामा पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका संयोजक अम्भुप्रसाद साहले प्रतियोगितामा देशभरकै सबै स्थानीय तहहरुलाई पत्राचार गरी भाग लिन अपिल गरिने बताए। आयोजकले कम्तिमा पनि ३२ वटा पालिका सहभागी हुने आशा रहेको जानकारी दिए । वहाले अहिले भिजिट जनकपुरधाम चलिरहेको र यहाँ हुने गरेको क्रिकेट खेलको गतिविधिले समेत पर्यटन प्रवर्धनमा मदत पुग्ने बताए । संयोजक अम्भुप्रसाद साहले प्रतियोगिता लिग चरणमा टी-२० फर्मेटमा हुने बताए। साथै प्रतियोगितामा कुल २८ लाख खर्च हुने अनुमान गरिएको उनले बताए ।
Discussion about this post