चैत ६ गते। नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेलसहित, इन्जिनियर रंजित साह र सव-इन्जिनियर सञ्जीव चौधरी, सदस्य वेदकुमारी बलम्पाकी र सदस्य लक्ष्मी कुमर, वडा नम्बर १ का तत्कालीन वडा अध्यक्ष कुमार लामा, उपभोक्ता समितिका पदाधिकारीहरू शम्शेरबहादुर बस्नेत, इन्द्रबहादुर घिसिङ्ग र निर्मलाकुमारी देवीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
लखनदेही खोलामा तटबन्ध निर्माणको काम नै नगरी नगरपालिका कार्यालयबाट भुक्तानी गरिएको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा उनिहरु विरुद्द मुद्दा दायर भएकाे हाे ।निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गरेको/गराएको र त्यस्तो निर्माण कार्यलाई गुणस्तरीय, शर्त तथा मापदण्डबमोजिम भएको हो भनी प्राविधिक मूल्यांकनसहितको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत प्रमाणित एवं स्वीकृत गरी उपभोक्ता समितिलाई ८५ लाख १८ हजार ६३१ रुपैयाँ भुक्तानी दिई सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अख्तियारले दायर गरेकाे आराेप-पत्रमा दाबी गरिएकाे छ ।
आर्थिक वर्ष २०७५/०७६ मा लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणमा उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई नदी नियन्त्रण कार्य गर्दा अनियमितता भएको आयोगको दाबी छ । ४८१२.५० वर्ग मिटरको ग्याबिन बक्सको प्रयोग गर्ने लागत अनुमान तोकिएकोमा ३४९५.१५ वर्ग मिटरको परिमाणमा निर्माण गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यस्तै लागत अनुमानमा ८,४०० घन मिटरको माटो पुर्ने काम तोकिएकोमा सो भन्दा बढी गरी १४,७०० घनमिटरको परिमाणमा भएको पाइएको आयोगको दाबी छ । ढुंगाको कामको परिमाण कम गरी माटो पुर्ने कामको परिमाण बढाउँदा तटबन्ध कमसल हुन पुगेको आयोगले जनाएको छ ।














Discussion about this post