चैत १ गते। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको तस्वीर बनाएर पोष्टर विभिन्न स्थानमा टाँसेको आरोपमा दुई जना लाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिकावडा नं. ७ का पंकज झा र वडा नम्बर १ का मनिष पूर्वे रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुकुर बाँधेको डोरी समाएको र कुकुरको टाउकोको ठाउँमा उपप्रधानमन्त्री यादवको टाउको जोडेर पम्पलेट टाँसेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बुधबार राति दुबैजना पक्राउ परेका हुन्।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन आवाका अनुसार प्रहरीले अहिले उनीहरू विरुद्ध कुन शीर्षकमा मुद्दा चलाउने अथवा नचलाउने विषयमा छलफल भैरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post