फागुन २३ गते। नक्कली नोटसहित बारा बाट एक जना पक्राउ परेको छ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका-४ हरिहरपुरबाट नेपाली १ हजार दरका ८ थान नक्कली नोटसहित महागढीमाई नगरपालिका-९ कञ्चनपुर बस्ने ३५ वर्षीय राम बिनय सहनीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















Discussion about this post