फागुन २३ गते। मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। बाराको महागढीमाई नगरपालिका–९ पिप्रास्थित सडकमा बीआर ०५ एक्स ६७०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय दरोगा बैठाको मङ्गलवार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














Discussion about this post