nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘विषयको गहिरो अध्ययन र जानकारी बिना बैंकरलाई हिरासतमा लिनु अत्यन्तै दु:खद : सीबीफिन

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १८, २०८०, ४:२९ मध्यान्ह
‘विषयको गहिरो अध्ययन र जानकारी बिना बैंकरलाई हिरासतमा लिनु अत्यन्तै दु:खद : सीबीफिन

फागुन १८ गते। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) ले कर्जा दुरुपयोग मामिलामा बैंकरहरूलाई हिरासतमा लिनु दु:खद भएको जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै सीबीफिनले बैंकका कर्मचारी पक्राउ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तराष्ट्रिय बैकिङ अभ्यासको वारेमा गहिरो अध्ययन र जानकारी नलिई कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिइ हिरासतमा राखिएको कार्यप्रति परिसंघले गम्भीर आपत्ति प्रकट गरेको छ । बैंकका गतिविधिहरु नियामक निकायको सूक्ष्म निगरानीमा रहेको विषय विदितै छ । बैंकभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानून अनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ । परिसंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै रहेको परिसंघको धारणा छ । तर, धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका सीबीफिनले जनाएको छ।

‘यस्ता कार्यले देशभित्र आफ्नो भविष्य नदेखेर रोजगारी वा शिक्षाका नाममा ठूलो जनशक्ति र धनराशी पलायन भइरहेको सन्दर्भमा आफ्नो मातृभूमिप्रति समर्पित हुँदै आफ्नो अनुभव, क्षमता र दक्षताको प्रयोग गर्दै देशको बैंकिङ क्षेत्रको स्तरोन्नति सहित समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पुर्‍याइइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बनिदिन’ सीबीफिनले अनुरोध गरेको छ।नेपालको बैंकिङ क्षेत्र एसियाली देशहरूकै तुलनामा सबल र सक्षम रहेको दाबी गर्दै सीबीफिनले नेपालका बैंक तथा वित्तीय संस्थाहरू र नियामक निकायले प्रकाशित गरेका वित्तीय विवरणहरूले नै त्यसलाई प्रमाणित गर्ने तर्क राखेको छ।

‘बैंकिङ क्षेत्रमा कर्जा प्रदान गर्नु, कर्जाको अवस्था हेरी संभावित जोखिम व्यवस्थापन गर्नु र बिग्रेको कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैंकिङ प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनु न्यायसंगत हुँदैन,’ विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, बिना धितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा अग्रसर हुने राष्ट्रको योजनामा समेत ठेस पुग्ने र यस्तो अभ्यासको वकालत गर्दै आएका अन्तराष्ट्रिय समुदायबीच समेत राष्ट्रको प्रतिष्ठा गिर्नेप्रति संवेदनशील हुन समेत सरोकारवाला सबैंको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।’ कर्जा प्रवाह जस्तो नियमितरूपमा गरिने कार्यको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने जस्ता कार्य नगर्न सीबीफिनले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहेको जनाएको छ।

साविक सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन दुई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसीराम गौतम, प्रभु बैंककै ४ कर्मचारी सहित ११ जनालाई सीआईबी टोलीले हिजो (मंगलबार) पक्राउ गरेको थियो । २ अर्ब रुपैयाँभन्दा बढी कर्जा घोटालामा संलग्न भनिएका मनोज न्यौपाने हाल प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ हुन् ।

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!