nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निजगढमा शंकास्पद धातु बिष्फोट प्रकरणमा भारतीय नागरिक सहित दुई जना पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १७, २०८०, १:३८ मध्यान्ह
निजगढमा शंकास्पद धातु बिष्फोट प्रकरणमा भारतीय नागरिक सहित दुई जना पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान

फागुन १७ गते। निजगढ बजारको शहिद चोकमा तीन जनाको ज्यान जाने गरी सोमबार भएको शंकास्पद धातु बिष्फोट घटनामा पक्राउ परेका दुई जनामाथि प्रहरीले कर्तव्य ज्यान कसुरअन्तर्गत् अनुसन्धान थालेको छ ।

प्रहरीले घटनापछि पक्राउ परेका कवाड मालिका भारतीय नागरिक राज भनिने रमेश जयसवाल र निजगढ-९ का २६ वर्षीय टिकाराम पाख्रिङलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको हो । उनीहरुविरद्ध अनुसन्धानका लागि मंगलबार जिल्ला अदालतले ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

निजगढमै रहेको आफ्ना कवाडबाट कवाड मालिक रमेशले ती शंकास्पद धातुबाट तामाको तार निकाल्न लेथमा काट्न लगेपछि काट्ने क्रममा बिष्फोट हुँदा लेथ सञ्चालक रेशम मगरसहित तीन जनाको मृत्यु भएपछि थप अनुसन्धानको क्रममा त्यस कसुरमा हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । धातु काटिरहेको अवस्थामा बिष्फोट भएको थियो । ती बिष्फोटक धातु काट्न लग्ने कवाड मालिक रमेश र धातु बिक्री गर्ने पाख्रिङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बिष्फोटको घटनाको सुरुमा लेथमा ग्याँस सिलिण्डर पडकेर भएको बताए पनि पछि शंकास्पद धातु बिष्फोट भएको दाबी गर्दै घटनाको अनसन्धान गरिरहेको छ । बिष्फोटक धातुको यकिन हुन सकेको छैन । बिष्फोटक धातुको परीक्षणपछि यकिन हुना साथ बिष्फोटक पदार्थ कसुरअन्तर्गतसमेत अनुसन्धान गरिने उनले बताए । बिष्फोटबाट कबाड मालिक रमेशसमेत घाइते छन् । उनको अनुहार जलेको छ । उनी प्रहरी हिरासतमा छन् । उनी एम्बुलेन्समा भारत भाग्ने क्रममा कोल्हबीबाट र पाख्रिङ निजगढबाट पक्राउ परेका हुन् ।

‘धातुको ‘फोरेन्सिक’ परिक्षणपछि यकिन हुन्छ,’ प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘कबाड साहुले तामा निकाल्ने लोभमा धातु लिएर लेथमा काट्न लगेका थिए ।’ प्रहरी नायब उपरीक्षक न्यौपानेकाअनुसार वर्कशपका सञ्चालक निजगढ नगरपालिका ५ का ४५ बर्षीय रेशम मगर, वीरगन्ज महानगर ९ का २० बर्षीय रितु रजत र भारत, विहार गवाईका ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको हो । घटनामा अर्का एक भारतीय नागरिकसहित तीन जना घाइते भएको उनले बताए । उनकाअनुसार रेशम र राकेशको सोमबार मृत्यु भयो भने रितुको मंगलबार मृत्यु भएको हो ।

भारत विहार रमघडवाका घाइते २० वर्षीय अरबिन साहको बयोधा अस्पतालमै आइसीयूमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । अन्य घाइते वीरगन्ज-९ कै ३४ वर्षीय फिरोद देवान र गम्भीर घाइते अरबिनको पनि बयोधा अस्पतालमै उपचार भइरहेको छ । समान्य घाइते भएका निजगढ-५ का अर्का ४५ वर्षीय सुर्यबहादुर थापाको निजगढको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । स्रोत-ईकान्तिपुर बाट

Tags: बारा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!