nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस विश्वविद्यालयले भदौ देखि कानुन र  जनप्रशासन शङ्कायमा पनि भर्ना लिने

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २४, २०८०, ८:४५ मध्यान्ह
मधेस विश्वविद्यालयले भदौ देखि कानुन र  जनप्रशासन शङ्कायमा पनि भर्ना लिने

वीरगञ्ज/श्रावण २४ गते । मधेस विश्वविद्यालयले यही भदौ महिनादेखि कानुन र जनप्रशासन शङ्कायमा पनि भर्ना लिने तयारी गरेको छ । भदौ महिनामा भर्ना प्रक्रिया सुरु गरेर असोजदेखि  बीए, एलएलबी र जनप्रशासन शङ्कायको कक्षा सञ्चालन गर्ने निर्णय भएको विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले जानकारी दिए ।

त्यसका लागि प्रारम्भिक कार्य पूरा गरी गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्व विद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित गरिसकिएको छ । ‘‘विश्व विद्यालयको विषयगत समितिले तयार पारेको विद्यार्थी भर्ना प्रक्रिया र मापदण्डपारित गरी प्राज्ञ परिषद्बाटसमेत पास भइसकेको छ”, रजिष्ट्रार यादवले भने,‘‘अब केही दिनमै नेपाल कानुन व्यवसायी परिषद्बाट पानि पास गरेर औपचारिक रुपमा हामी भर्नाको प्रक्रिया सुरु गर्छौ ।” भर्ना खोल्न करिब करिब तयारी पूरा भइसकेको उनको भनाइ थियो ।

भर्नासँगै आगामी असोजदेखि दुबै शङ्कायको पठनपाठन सुरु गरिने रजिष्ट्रार यादवले जानकारी दिए । विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौँ विश्व विद्यालयको समन्वयमा यी दुबै शङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरिएको छ । त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाईसमेत अघि बढाएको छ । विसं२०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।

पोलिटेक्निक, आइटी, व्यवस्थापन, पारामेडिकल, कृषि इञ्जीनीयरिङलगायत प्राविधिक शिक्षाको माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा हबको रुपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको यस विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपिआर तयारीमा जुटेको छ । सो कार्यका लागि पर्साको बहुदरमाई नगरपालिका–२ मा ३५ बिघा र पोखरिया नगरपालिकामा १६ बिघा ऐलानी जग्गा प्राप्त भएको छ भने पर्साको पकाहाँ मैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ्ठा (राधाकृष्ण मन्दिर) को २७ बिघा जग्गा पनि प्राप्त भएको छ ।

बहुदरमाई नगरपालिका–२ मा प्राप्त भएको जग्गालाई सिमाङ्कन गरी पिलर जडान गरिएको भने पोखरिया नगरपालिकाको १६ बिघा जग्गाको स्वामित्व हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई अन्य प्रक्रियामा रहेको विश्वविद्यालयले जनाएको छ ।

उक्त विश्वविद्यालयले आफूलाई चाहिने विश्वविद्यालय सङ्गठन, शैक्षिक र प्रशासन नियमावली २०७९, शिक्षा, कर्मचारी सेवा नियमावली २०७९, आर्थिक प्रशासन नियमावली २०७९ पनि पारित गरिसकेको छ ।

आफ्नै केन्द्रीय क्याम्पस खोल्ने दीर्घकालीन सोच बनाएको विश्वविद्यालयको डिपीआर तयार भएपछि भौतिक संरचना निर्माणका लागि विभिन्न दूतावास, राष्ट्रिय योजना आयोग, मन्त्रालय तथा दाताबाट चन्दा सङ्कलन गरी भवन निर्माण गर्ने लक्ष्य लिइएको रजिष्ट्रार यादवले बताए ।

आवश्यकता र औचित्यको आधारमा आवश्यक जनशक्ति भर्ना गर्न सकिने अधिकार पाएको उक्त विश्वविद्यालयमा हाल उपकुलपति र राजिष्ट्रारबाहेक तीन जना प्रशासनमा  र चारजना कार्यालय सहयोगीमा कार्यरत छन् । रासस

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!