धनुषा/श्रावण २३ गते । धनुषामा खोलामा आएको बाढीमा डुबेर एक युवकको मृ त्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका-२ स्थित बसही खोलामा आएको बाढीमा डुबेर मिथिला नगरपालिका-१ आनन्दपुरका अन्दाजी १७ वर्षीय अजय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलवार बिहान शौच गर्न खोला किनारमा पुगेका यादव चिप्लेर खोलामा डुबेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । स्थानीयको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्याएको भएपनि गम्भीर अवस्थाका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । स्रोत-अन्नपूर्ण पोस्ट बाट
















Discussion about this post