श्रावण १९ गते। एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेको छ।
उदयपुर जिल्लाको बेलका नगरपालिका-७ बस्ने २० वर्षीय मनोज शाशंखरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मनोजले ती किशोरीलाई सोमबार राति सुतिरहेको कोठामा प्रवेश गरी डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















Discussion about this post