nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाको ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १८, २०८०, १०:०३ मध्यान्ह
धनुषाको ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

जनकपुरधाम/श्रावण १८ गते । धनुषाको ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । स्थानीय अभियन्ताहरुले ढल्केवर विकास संघर्ष समिति गठन गरेर इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहलकदमी लिएका हुन् ।

बिहीवार ढल्केवर विकास संघर्ष समितिका संयोजक फुलगेन महतो(मगही)को नेतृत्वमा पुगेका टोलीले ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।

ढल्केवर भेगका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय धनुषा जनकपुरबाट प्रदान गरिने सेवा जनताको घरदैलोमै सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय तवरले पुर्याई संघीयताको धारातलीय अनुभूति अन्तर ह्रदयबाटै गराउने ध्येयले इलाका प्रशासन कार्यालय ढल्केवर स्थापना गरिदिन र सोको लागि नेपाल सरकार गृह मन्त्रालयमा समेत आवश्यक समन्वय, पहल तथा सहजीकरण गरिदिन  ज्ञापनपत्रमा माग गरिएको छ । 

अहिले मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायत यस भेगका नागरिकलाई नागरिकता, राहदानी, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न सिफारिस लगायत आम जनताको दैनिक जीवनसँग प्रत्यक्ष एवं परोक्ष रुपमा सरोकार राख्ने विविध प्रशासनिक कार्यका लागि लामो दुरीको यात्रा गरेर जनकपुर धाउनैपर्ने बाध्यता रहेको समितिका संयोजक फुलगेन महतो(मगही)ले बताए ।

‘सबै नागरिकलाई जनकपुरधाम पुगी सेवा लिने हैसियत छैन । विचौलियामार्फत मात्र चाँडो सेवा लिन सकिने अवस्थाको सामना गर्नुपरेको छ । आर्थिक रुपमा क्षति व्यहोर्नुपर्ने बाध्यता छ । हालै मात्र जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्तिका लागि झेल्नुपरेको सास्ती ज्वलन्त उदाहरण हो,’ प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले इलाका प्रशासन कार्यालय स्थापनाको प्रयास सराहनीय रहेको बताए । ‘यो माग अहिलेको आवश्यकता हो । यस विषयमा गृहमन्त्री र सचिवज्यूलाई पनि अवगत गराएको छु’ उनले भने, ‘यो मागमा म पूर्ण सकारात्मक छु । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’

ज्ञापनपत्र बुझाउन संघर्ष समितिका पदाधिकारीहरुसँगै मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका उपाध्यक्ष सन्तोषकुमार महतो, व्यापारी, सञ्चारकर्मी र स्थानीय अभियानकर्ताको टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि