धनुषा/श्रावण ८ गते । धनुषाबाट अवैध भन्सार चोरी निकासीका सामानहरु बरामद गरिएको छ ।
जिप्रका धनुषाबाट गस्तीमा खटि गएको प्रहरी टोलीहरुले आईतबार २ बजेको समयमा टोलीले यस जिल्लाका विभिन्न स्थानहरूमा भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका विभिन्न किसिमका किराना समाग्रीहरू, लत्ताकपडाहरु लगायत मोटरसाकल थान २ समेत गरी अंन्दाजी मुल्य रू छ लाख छियालिस हजार नौ सय सत्तरी रुपैयाँ बराबरको सर–सामानहरू बरामद गरिएको छ ।
उक्त सामानहरु जिप्रका धनुषामा ल्याई आज सोमबार आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाईएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ ।
















Discussion about this post