जनकपुरधाम/श्रावण ७ गते । जनकपुर जयनगर रेलमा धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिताकुमारी यादवको २ लाख ७० हजार रुपैयाँ पाकेटमारी भएको छ ।

आइतबार जनकपुर रेल्वे स्टेशनमा रेल चढ्ने बित्तिकै आफूले २ लाख ७० हजार रकम र १० हजार बराबरको गहना रहेको ह्याण्ड ब्याग गायब भएको उनले बताइन् ।
उनका अनुसार श्रीमान सञ्जु यादवले खाडी मुलुकबाट पठाएको रकम जग्गाधनीलाई दिन जनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा भीडभाडको मौकाछोपी पाकेटमारिएको बताईन ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले महिलाको रकम पाकेटमारी भएको जानकारी आएको र यस विषयमा अनुसन्धान भईरहेको बताएका छन।
















Discussion about this post