धनुषा/श्रावण ४ गते। धनुषा प्रहरीले धनुषाको विभिन्न स्थानबाट मोटरसाइकल,मोबाइल, ब्याट्री,हेल्मेट लगायत गहना र पसलबाट नगद चो री गरेको आरोपमा ३० जनालाई प क्राउ गरेको छ। आज धनुषा प्रहरीले विभिन्न स्थानबाट पक्राउ परेका ३० जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
जसमध्ये सबै भन्दा बढी मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका छन् । मोबाइल चोरी गरेको ११ जना,मोटरसाइकल चोरी गरेको ७ जना,हेल्मेट चोरी गरेको ४ जना, साइकल चोरी गरेको ३ जना,धर्मशालामा चोरी गरेको १ जना, पसलबाट नगद चोरी गरेको र महिलाको गहना चोरी गरेको आरोपमा एकएकजना पक्राउ परेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
उनका अनुसार साइकल चोरीको आरोपमा पक्राउ परेका २० वर्षीय साजन मुखिया, १८ वर्षीय सोनु कुमार सहनी र मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेको कृष्ण कुमार मिश्र यसअघि पनि पक्राउ परिसकेका छन भने २७ जना पहिलो पटक पक्राउ परेका हुन्।
कृष्णलाई रा.रा.ब क्याम्पस नजिक मुखमा फेट्टा बाँधी मास्टर की प्रयोग गरी मोटरसाइकल चोरी गरी लगिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नोचा पोखरीबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा कृष्णको साथबाट थप दुई वटा मोटरसाइकल बरामद गरेका थिए।
त्यस्तै आजै दिउँसो २ बजेको समयमा रेल्वे ट्र्याक नजिकबाट महिलाले घाँटीमा लगाएको सुनको गहना चोरी गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय अजय कुमार ठाकुर पक्राउ परेको धनुषा प्रहरी जनाइएको छ।
बाँसको टाटी तोडी पसलबाट ८० हजार नगद चोरी गरेको आरोपमा ३५ वर्षीय फेकन दास पक्राउ परेका छन्। प्रहरीले दासको साथबाट ३२ हजार बरामद गरी आवश्यक कारबाही थालिएको छ।पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ।
कुनै स्थानबाट केही सामान चोरी भएको सूचना प्राप्त भए लगतै प्रहरीले अनुसन्धान गरी चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई सम्बन्धित धनीलाई सम्पर्क गरी प्रहरीमा बोलाउँछौ प्रहरी उपरीक्षक खड्का बताउँछन् । उनले भने ‘ तर सम्बन्धित धनीले समान पाइसकेपछि उनीहरु जाहेरी दिदैन् आफ्नो समान लिएर जान्छन् त्यस्तो अवस्थामा हामीले चोरीमा संलग्न व्यक्तिमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गछौं । चोरीमा संलग्न व्यक्ति केही थुना बस्छन् र धरौटी रकम बुझाएर छुट्ने गरेका छन्।
धनुषा प्रहरीले यसअघि पनि विभिन्न स्थानबाट विभिन्न समान चारी गरेको आरोपमा ४० जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयमा २३६ वटा मोटरसाइकल चोरी भएको निवेदन परेको छ। जसमध्ये अहिलेसम्म ८१ वटा मोटरसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाइसकेका छन् । त्यस्तै ३६५ वटा मोबाइल चोरी भएको निवेदन परेका मध्ये २६० वटा मोबाइल खोजेर बुझाएको छ।
















Discussion about this post