nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्पको टोकाइबाट जोगिन के गर्ने, सर्पले टोकिहाले के गर्ने ?

सजिलो पोस्ट सजिलो पोस्ट
असार २१, २०८०, ८:३८ मध्यान्ह
सर्पको टोकाइबाट जोगिन के गर्ने, सर्पले टोकिहाले के गर्ने ?

असार २१ गते। गर्मीयाम सुरु भएसँगै सर्पले मानिसलाई टोकेका घटना निकै देखिन्छन् । विशेषगरी तराई भेगमा सर्पको टोकाइबाट पीडित हुनेको संख्या बढ्छ । सर्पको टोकेपछि प्राथमिक उपचारका साथै यसको टोकाइबाटै बच्न विभिन्न उपाय अपनाउन सकिन्छ ।

सर्पको टोकाइबाट बच्न बाहिर हिँड्दा बाहुला भएको लुगा लगाउने, गाउँघरको शौचालय प्रायःजसो बाहिर हुने भएका कारण टर्चलाइट बालेर जाने, भुईंमा नसुती खाटमा सुत्ने, खाटमा झुल लगाएर सुत्दा पनि केही हदसम्म बच्न सकिन्छ । साथै घरआँगन सफासुग्घर राख्ने, घरमा लिपपोत गर्दा वा घाँस दाउरा गर्दा ध्यान पुर्याउने गर्दा सर्पको टोकाइबाट बच्न सकिन्छ ।

सर्पले कहाँ कहाँ टोक्न सक्छ ?

नेपालमा धेरैजसो शरीरको तल्लो भागमा टोकेको देखिन्छ । गाउँघरमा खेतबारीमा काम गर्दा अचानक सर्पले टोकेको हुन सक्छ । खुट्टा र हातमा टोकेको बढी भेटिन्छ । सर्पले शरीरको जुनसुकै ठाउँमा टोक्न सक्छ ।

कस्तो सर्पले टोक्न सक्छ ?

सबै प्रजातिका सर्पले टोक्छन् तर त्यसमध्ये विषालु र विषरहित भन्ने हुन्छ । विषरहित सर्पले टोके शरीरमा कुनै किसिमको हानि हुँदैन । तर सर्वसाधारणलाई थाहा नभएका कारण सबै सर्प विषालु नै सम्झिन्छन् ।

नेपालमा तीन प्रजातिका विषालु सर्पले टोकेको पाइन्छ, ती हुन् गोमन, करेत, भाइपर लगायत । तराईमा गोमन र करेतको टोकाइबाट अधिकांश मानिसको मृत्यु भएको पाइन्छ । त्यस्तै करेत सर्पले विशेषगरी रातको समयमा र मानिसहरू सुतेकै बेला टोक्ने गरेको पाइने विज्ञ बताउँछन् ।

सर्पले टोकेको कसरी थाहा हुन्छ ?

सर्पले टोक्नासाथ थाहा पाउने तरिका सर्पले टोकेको ठाउँमा सर्पको दुईवटा दाँतको डाम देखिन्छ । टोकेको व्यक्तिले नजिकै सर्प देखेको हुन्छ । आफूलाई सियोले घोचेजस्तै अनुभव हुन्छ । भाइपर सर्पको दाँत सानो हुने भएकाले त्यसले टोकेको ठाउँमा दुईवटा दाँतको डाम नदेखिन पनि सक्छ । टोकेको ठाउँमा निलो डाम वा रगत देखिन्छ ।

सर्पले टोकेपछि देखिने लक्षण

बान्ता हुने

रिंगटा लाग्ने

आँखा लटपटिने हुने

आँखा धमिलो हुने

सर्पले टोकेको ठाउँ सुन्निने, निलो डाम हुने

जिब्रो निकाल्न वा मुख खोल्न गाह्रो हुने

प्राथमिक उपचार

गाउँघरमा हिजोआज पनि सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँभन्दा अलि माथि कपडाले वा अरु कुनै वस्तुले कसिलो गरी बाँध्ने, सर्पले टोकेको ठाउँमा मुखले चुसेर विष निकाल्ने, धारिलो चीजले काटेर विष मिसिएको रगत फाल्ने जस्ता घरेलु उपचार गर्ने गरिन्छ ।

जुन एकदमै गलत हो । यसले फाइदा भन्दा पनि हानि पुर्याउँछ । यसको प्राथमिक उपचारमा सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँमा ब्यान्डेज वा सफा कडाले बाँड्ने र त्यसपछि तुरुन्तै नजिकैको अस्पतालमा गएर उपचार गराइहाल्नुपर्छ ।

सर्पले टोकेको कति समयभित्र अस्पताल पुर्याउने ?

सर्पले टोकेको एक घण्टाको समयावधिलाई सुनौलो समय मानिन्छ । यो समयभित्र सर्पले टोकेको व्यक्तिलाई अस्पताल पुर्याउन सके बचाउन सक्ने सम्भावना बढी हुन्छ । यदि समयमा उपचार गराउन नसकेमा जोखिम बढ्छ ।

सर्पले टोकेको व्यक्तिलाई के खान दिने, के नदिने ?

सर्पले टोकेको व्यक्तिले विष ननिकालेसम्म केही खान दिनुहुँदैन ।

सर्प टोकेको उपचारमा खर्च कति ?

एन्टी स्नेक भेनम नामक औषधिमार्फत सर्पले टोकेको उपचार हुन्छ । यो औषधि सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।

सर्पको टोकाइबाट जोगिन के गर्ने ?

राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने ।

जुता वा गम बुट लगाउने ।

खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने ।

घर वरपरको घांस भारपात ।

काटेर सफा राख्ने ।

जमिनका दुलाहरू टाल्ने ।

पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने ।

सुत्नअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने ।

सधै कुल टाँगेर सुत्ने ।

सर्पले टोकिहाले के गर्ने ?

डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने ।

सर्पले टोकेको ठाउंमा काट्ने चुस्ने, बाँध्ने नगर्ने ।

मलम, रसायनिक पदार्थ तातो चिसो प्रयोग नगर्ने ।

विरामीको आत्मविश्वास कायम राख्ने ।

धामी झांक्रीतिर नलाग्ने ।

विष सोस्ने ढुंगाको पछि नलाग्ने ।

संभव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने ।

जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउने ।

Tags: ब्लग

Discussion about this post

Related Posts

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि