जनकपुरधाम/असार २१ गते । धनुषा प्रहरील्र एक वर्षको अवधिमा चो री भएको तथा हराएको २५६ वटा मोबाइल फेला पारेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा हालसम्म चोरी तथा हराएको २५६ वटा मोबाइल फेला पारेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
हराएको वा चोरीभएपछि प्रत्यक्ष तथा अनलाइनबाट जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको निवेदनको आधारमा उक्त मोबाइलहरु खोजतलास तथा फेला पारिएको उनले जानकारी दिए । त्यस क्रममा मोबाइल चोरी गर्ने ५० जनालाई पक्राउ गरी कारबाही समेत गरिएको छ ।
मोबाइल चोरी भए पश्चात चोरी गरेको भनेर उजुरी नदिदा शान्ति सुरक्षा कसुरमा मुद्दा चलाएर कारबाही गरिएको डिएसपी गौतमले बताए ।
















Discussion about this post