काठमाडौं/असार १९ गते । तपाईलाई लघुवित्तले बचत फिर्ता दिएन वा लघुवित्तको ठगिमा पर्नु भयो ? यदि पर्नुभयो भने तपाई यी नम्बरमा समपर्क गर्नुहोस्। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो दर्ता गर्ने ‘गुनासो सुनुवाइ डेस्क’ को स्थापना गरेको छ ।
लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सदस्यहरुको सेवा सम्बन्धी गुनासो सम्बोधनका लागि बैंकको लघुवित्त संस्था सुरपरिवेक्षण विभागमा उक्त डेस्क स्थापना गरेको हो ।
गुनासो टिपाउन पैसा नलाग्ने नम्बर १८१०५००००२२ मार्फत वा gunaso.nrb.org.np बाट वा इमेल [email protected] र कार्यालय मै निवेदन दर्ता गर्न सकिनेछ ।

Discussion about this post