nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी : प्रभुबैंकको जलेश्वर शाखाबाट दश लाख गायब, बैंक कर्मचारीको संलग्नता, ज्योति विकास बैंकसमेत संलग्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार १६, २०८०, १०:४४ मध्यान्ह
महोत्तरी : प्रभुबैंकको जलेश्वर शाखाबाट दश लाख गायब, बैंक कर्मचारीको संलग्नता, ज्योति विकास बैंकसमेत संलग्न

महोत्तरी/असार १६ गते। महोत्तरीको जलेश्वर नगरपालिका १० का श्रवणलाल दासको खाताबाट फर्जी खातामा दश लाख रकम ट्रान्सफर भएको पाइएको छ ।

‘फोनपे’बाट खाता धनीलाई जानकारी नहुँदै दश लाख तीस हजार पाँच सय ४० रुपैयाँ ट्रान्सफर भएको छ । प्रभु बैंकको जलेश्वर शाखामा दासको खाता छ । उनको खाताबाट चार पटकमा ज्योति विकास बैंक रामगोपालपुर शाखामा मुकेश यादव नामको खातामा ट्रान्सफर भएको देखिन्छ । दासको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ३२ ९७०७६७६११०००१८ बाट ज्योति विकास बैंकमा मुकेश यादवको नाममा रहेको खाता नम्बर ०३८०१३००५७४७०७०००००१ मा रकम गएको छ ।

पहिलो पटक गत बैशाख २८ गते तीन लाख दश रुपैयाँ ट्रान्सफर भएको छ । त्यसपछि एक दिन बिराएर थप दुई पटक त्यति नै पैसा ट्रान्सफर भएको छ । अन्तिम पटकमा मात्र एक लाख ३० हजार पाँच सय दश रुपैयाँ ट्रान्सफर गरिएको छ । अहिले दासको खातामा शुन्य रुपैयाँ छ । उनले घर प्लास्टरको लागि गत जेठ १६ गते पैसा निकाल्न जाँदा खातामा पैसा नरहेको जानकारी पाएका थिए । ‘मैले कमाएको पैसा पटक–पटक बैंकमा राखेको थिए । घर प्लास्टरको लागि पैसा निकाल्न जाँदा बैंकको कर्मचारीले पैसा नरहेको बताए,’उनले भने,‘म आश्चर्यमा परे ।’ दासले मोबाइल बैंकिङ बारे आफू अनभिज्ञ रहेको बताए । सुरुवातमा पनि बैंककै कर्मचारीले ओटीपी अरु चाहिने सामानहरु भरेर दिएको उनको भनाइ छ । बैंककै मिलेमतोमा खाताबाट फर्जी खातामा पैसा ट्रान्सफर भएको उनको आरोप छ ।

प्रभु बैंक जलेश्वरका प्रमुख मुकेश जयसवालले घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । उनले ओटीपी शेयर भएको कारण घटना भएको हुनसक्ने अुनमान गरे । ‘मोबाइल बैंकिङबाट ट्रान्सफर भएको देखिन्छ । जुन कुरा बिना ओटीपी सम्भव छैन्,’उनले भने,‘ओटीपी त खाता धनी र उनको निकटलाई मात्रै थाहा हुन्छ । त्यसकारण हामीले खाता धनीकै सहमतिमा अरु खातामा गएको हुनसक्ने भन्दै छौं ।’ तर प्रहरीले अनुसन्धान गरिरहेको र दोषी छिट्टै बाहिर आउने उनले बताए ।

महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले अनुसन्धानको अन्तिम चरणमा रहेको बताए । उनका अनुसार मुकेश यादवको नागरिकता दुरुपयोग गरी खाता खोलिएको अहिलेसम्मको अनुसन्धानमा देखिएको छ । खातामा मुकेशको नागरिकता संलग्न देखिए पनि उक्त व्यक्तिको तस्वीर छैन् । खातामा प्रयोग गरिएको व्यक्तिको पहिचान भइसकेको छैन् । ‘हामीले कल डिटेल लिएर काम गर्दैछौं । मुकेश यादवको पहिचान भइसकेको छ,’उनले भने,‘तर जसको नागरिकता छ, उसको तस्वीर मेल खादैनन् । हस्ताक्षर पनि फरक छ । नागरिकता दुरुपयोग भएको देखिन्छ ।’ मुकेश यादवले जिल्ला प्रशासन कार्यालयमा आफ्नो नागरिकता हराएको भन्दै प्रतिलिपि पनि लिएका छन् ।

ज्योति विकास बैंक रामगोपालपुर शाखाका प्रमुख रितेश कुमार मिश्रले घटनामा धेरै ‘सस्पेन्स’रहेको बताए । तीन महिना पहिले मात्रै यस बैंकमा मुकेश यादवले सबै प्रक्रिया पूरा गरी खाता खोलेको उनले बताए । उनले खाता खोल्न प्रयोग गरेको नागरिकताको फोटो र खातामा प्रयोग गरेको व्यक्ति ठिक रहेको दाबी गरे । नागरिकताको आधारमा तीन पुस्ते विवरण लिएर खाता खोलिए पनि मुकेश यादवले अहिले लिएको नागरिकतामा फरक तस्वीर रहेको उनले बताए । ‘खाता खोल्ने बेला नागरिकता र खाताको फोटो मिलेको छ । नागरिकताको प्रथम प्रतिलिपि निकालेकोछ, त्यसमा उनको फोटो खातासँग मेल खादैनन्,’उनले भने ,‘अरु तीन पुस्ते विवरण पनि ठिक छ ।’ ज्योति विकास बैंकमा खाता खोल्न जाँदा उक्त व्यक्तिले मास्क लगाएका थिए । त्यसपछि चार पटक पैसा झिक्न जाँदा पनि उनको अनुहारमा मास्क रहेको सिसिटिभिमा देखिन्छ । स्रोत-ईजनकपुर टुडे बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि