धनुषा/असार ८ गते। धनुषा प्रहरीले चो रीको ट्याक्टरसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका– ५ का २६ वर्षीय धमेन्द्र कुमार साह रहेका छन् ।
बुधबार बिहान ३ बने धनौजी गाउँपालिका– ३ का फिरोज साहुको ज१त ८६९१ नम्बरको ट्याक्टर चोरी भएको थियो । सोही ट्याक्टरसहित साहलाई क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरबाट प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका साहलाई धनुषा प्रहरीको हिरासतमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा भएपछि ट् याक्टर सवारी धनीको जिम्मा लगाउने प्रहरीको तयारी छ ।
















Discussion about this post