असार ५ गते । स्रोत नखुलेको साढे १५ लाख रुपैयाँसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगबलबार बिहान साँढे ७ बजे सर्लाहीको मलंगवा नगरपालिका ४ का ३५ वर्षीय विसुन्द्र प्रसाद चौधरी र ४० वर्षीय नागेन्द्र ठाकुर लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा दुबैजनालाई स्रोत नखुलेको रकम सहित पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिए ।
भारतको सोनबर्षाबाट नेपालतर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाईकल रोकेर चेकजाँच गर्दा पछाडी बसेका ठाकुरको कम्मरमा बाँधेको खैरो कपडा सिलाई पैसा राख्ने बनाएको पटुका भित्र १५ लाख ५० रुपैया नेपाली तथा चालक चौधरीको साथबाट भारतिया रुपैया दुई हजार ६४० भारु नोट बरामद् भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





















Discussion about this post