जनकपुरधाम/जेठ ३२ गते। धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी भएको छ।
धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर–७ स्थित तारापट्टी चोकमा सोही नगरपालिका वडा नम्बर–६ बस्ने अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय रामबाबु साहको घरमा सञ्चालनमा रहेको सो कपडा पसलमा बिहीबार बिहान आगलागी हुँदा एक करोड बढिको क्षति भएको तारापट्टी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामनाथ यादवले बताए।
इन्चार्ज यादवले प्रहरीलाई बिहान साढे ३ बजे आगलागीबारे स्थानीयले जानकारी दिएपछि धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुण यन्त्र मगाई आगो नियन्त्रणमा लिइएको समेत बताए।
उनले समयमै जानकारी हुँदा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जानकारी दिए।
















Discussion about this post