जनकपुरधाम/जेठ ३१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको नगराइन नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा लाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
बुधबार साँझ अख्तियारको टोलीले दुबै जनालाई ७० हजार कमिसनको रकमसहित प क्राउ गरेको छ । वडाध्यक्ष यादव र सचिव मिश्रले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन–२ मा सडक निर्माण सम्पन्न भएपश्चात् सिफारिशवापत उपभोक्ता समितिका अध्यक्ष रोहित चौधरीसँग ७० हजार रुपैयाँ कमिशन मागेका थिए ।
अख्तियारको टोलीले चौधरीको उजुरीका आधारमा दुबैजनालाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धानका लागि अख्तियारको कार्यालयमा लगिएको छ ।
















Discussion about this post