बास्तुशास्त्र अनुसार घरमा कस्तो तस्बिर राख्ने आज त्यस्को बारेमा चर्चा गरौ
नटराजको तस्विरः
मानिसहरु भगवान शिवको नाचेको नटराज तस्विर घरमा राख्न मन पराउँछन् । यस्तो तस्विर देख्दा राम्रो मानिएपनि घरमा अशुभ मानिन्छ ।यसले घरमा विनाशको सम्भावना बढाउँछ ।
ताजमहलको तस्विरः
घर वा कोठा सजाउन ताजमहलको तस्विर राख्ने गर्नु भएको छ भने हटाइदिनुस् । यसले पनि नकारात्मक उर्जा पैदा गर्ने बास्तुविदको भनाइ छ । यो समाधीको चिन्ह भएका कारण घरमा समाधीको चिन्ह राम्रो मानिँदैन । यसलाई प्रेमको विछोडको प्रतिक समेत मानिने हुँदा यो तस्विर घरमा राम्रो हुँदैन ।
महाभारतको तस्विरः
कतिपयले महाभारतमा कृष्णले रथ हाँक्न थालेको तस्विर घरमा राख्छन् । तर यो तस्विर पनि बास्तुको दृष्टीमा नकारात्मक उर्जा दिने हुन्छ । यो तस्विरले घरमा युद्धको भावना पैदा गर्ने र कलह हुन सक्ने बास्तुविदको भनाइ छ । यसले सम्बन्ध नभएर कलह बढाउने उनीहरु बताउँछन् ।
(जन्मकुण्डली र हस्तरेखा आधारित सटिक र सफल भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)




















Discussion about this post