जनकपुरधाम/जेठ २१ गते । जनकपुरधामको मिल्स एरियाबाट शुक्रबार चोरी भएको ट्याक्टर प्रहरीले शनिबार नै फेला पारेर धनीलाई जिम्मा लगाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ११ बस्ने बिल्टु साहको प्रदेश २–०२–००१त २१३३ नम्बरको सोनालिका ट्याक्टर मिल्स एरियाबाट गत शुक्रबार चोरी भएको थियो ।
प्रहरी खोज तलास गर्ने क्रममा शनिबार जनकपुरधाम उपमहानगरपालिकाम १४ रजौल बाट फेला पारी शनिबार नै कार्यालयमा ल्याई धनीलाई जिम्मा लगाइएको र चोरीमा संलग्न व्यक्तिको खोजतलास भइरहेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
Discussion about this post