जनकपुरधाम/जेठ १६ गते । धनुषाको ढल्केवरमा इनारमा डुबेर एक ३५ वर्षिय पुरुषको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–७, ढल्केवरका घुरण यादव रहेको प्रहरीले जनाएको छ।
घर नजिकैको इनारभित्र मोटर पम्प जडान गर्ने क्रममा सन्तुलन बिग्रेर यादव इनारमा खसेर मृ त्यु भएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार इनारमा खसेर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा लालगढस्थित मोडेल अस्पतालमा मृ त्यु भएको हो ।
















Discussion about this post