वास्तु विज्ञानले घरको समग्र प्रारुप कस्तो हुनुपर्छ भनेर निर्देश गर्छ । कस्तो माटोमा घर बनाउने, मोहोडा कुन दिशामा फर्काउने, शयन कक्ष लगायत कुन–कुन दिशामा बनाउने, झ्याल–ढोका कति राख्ने इत्यादि ।
वास्तु विज्ञान अनुसार घर बनाउँदा घरमा शुभ हुने विश्वास गरिन्छ । वास्तवमा वास्तु आफैंमा यस्तो विज्ञान हो, जसले भरपर्दो, सहज, सुविधाजनक घर निर्माणका लागि रेखाचित्र प्रदान गर्छ ।
वास्तु विज्ञान अनुसार घर बनाउँदा घर घमाइलो हुने, पर्याप्त हावा खेल्न पाउने, घर बलियो हुने, घरभित्र बस्न सहज हुने हुन्छ । वास्तु विज्ञानले घरमा कस्तो झ्यालढोका बनाउनेदेखि घरको मुख्य ढोका कस्तो हुनुपर्छ भन्ने तय गरिदिएको छ ।
- मुख्य द्वारको स्थापना एउटा राम्रो मुहूर्तमा गर्नुपर्छ।
- वास्तुअनुसार मुख्य ढोका उत्तर या पूर्वमा हुनुपर्छ।
- दक्षिण र पश्चिममा ढोका हुनु हुँदैन।
- ढोकाको संख्या सम हुनुपर्छ।
- ढोका र झ्याल उत्तर र पूर्व दिशामा धेरै राख्नुपर्छ।
- दक्षिण र पश्चिम दिशाको अपेक्षा कम राख्नु पर्छ।
- प्रवेश द्वार भित्रतिर खोल्दा राम्रो हुन्छ र त्यो दुई पल्लाको छ भने त्यो उत्तम हुन्छ।
(जन्मकुण्डली र हस्तरेखा आधारित सटिक र सफल भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिषगुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)
Discussion about this post