काठमाण्डौं/जेठ ६ गते । ग्रामिण विकास लघुवित्तले कर्मचारी माग गरेको छ ।
आज एक कर्मचारी आवश्यकता सम्बन्धी सुचना जारी गर्दै ग्रामिण विकास लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृत पदमा कर्मचरी माग गरेको हो ।
संस्थामा रिक्त रहेको पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा बढीमा ४ वर्षका लागि पदपूर्ति गरिने गरी कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट मिति २०८०-०३-०१ गते कार्यालय समयभित्र सस्ंथाको प्रधान कार्यालय, बटुवल वा शाखा कार्यालय, बुढानिलकण्ठ, काठमाडौंमा भौतिक रुपमा वा विद्युतीय वा हुलाकको माध्यमबाट आवेदन दिन सकिने छ ।
आवश्यक योग्यता तथा अनुभव
(क) मान्यता प्राप्त शिक्षण संस्थावाट व्यवस्थापन, मौद्रिक, बैंकिङ्ग, वित्तीय, अर्थशास्त्र, बाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, कानून वा चाटर्ड एकाउण्टेन्सी बिषयमा स्नातकोत्तर तहको उपाधि हासिल गरेको
(ख) नेपाल सरकार वा कुनै बैंक तथा वित्तीय संस्थाको प्रवन्धक (तह–८ वा उपसचिव स्तर) तह वा सोभन्दा माथिको पदमा कम्तीमा ५ वर्षकोकार्य अनुभव भएको
(ग) उमेरको हद दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पुरा भई ५८ वर्ष ननाघेको ।
हेर्नुहोस भ्याकेन्सी नोटिस

Discussion about this post