बैशाख १७ गते । एक १५ वर्षीय बालिकालाई जब रजस्ती कर णी गरेको भिडियो बनाएर ब्ल्याकमेल गर्दै आएका एक युवक प क्राउ परेका छन् ।
बालिकालाई उनले भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै विगत ६ वर्षदेखि पटकपटक बला त्कार गरेको प्रहरीले जनाएको छ ।
अन्सारीले २०७४ सालमा १५ वर्षकी ती युवतीलाई जब रजस्ती कर णी गरेको प्रहरीले बताएको छ । सोही बेला बनाएको भिडियो सार्वजनिक गर्ने त्रास देखाउँदै उनले बालिकालाई पटकपटक बला त्कार गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
बला त्कारको शिकार बनेकी ती किशोरीको दुई पटक गर्भ बसेको जनाइएको छ । उक्त गर्भ पतन गराएको खुलेको प्रहरीको दाबी छ । ‘उनले भनेको र गरेको मानेन भने भिडियो सामाजिक संजालमा हालेर भाइरल गराउने डर त्रास देखाउने गरेको थियो । त्यही अश्लील भिडियो बनाएपछि ब्यालकमेलिङ गर्दै जब रजस्ती कर णी गरेको छ । कर णी गरेपछि बसेको गर्भ दुई पटक पतन पनि गराएको छ,’ ती किशोरीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ ।
प क्राउ परेका अन्सारीविरुद्ध मोरङ प्रहरीले जब रजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । किशोरीको अश्ली ल भिडियो अन्सारीले फेक फेसबुक अकाउन्ट बनाएर हाल्ने गरेका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् ।
Discussion about this post