बैशाख १६ गते । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन कैद भुक्तानका लागि कारागार चलान भएकी छन् । जिल्ला अदालत मोरङमा शुक्रबार हाजिर भएकी उनलाई अदालतले मोरङ कारागार चलान गरेको हो ।
‘सरकारी सहीछाप र दस्तखत किर्त’ मुद्दामा जिल्ला अदालत मोरङले उनलाई एक वर्ष कैदको फैसला गरेको थियो । जिल्लाको कैदको फैसलालाई उच्च अदालत विराटनगरले पनि सदर गरेको थियो ।
सर्वोच्चबाट निस्सा नपाएपछि पुन सुनुवाइका लागि निवेदन दिएर जिल्ला अदालतमा उपस्थित भएकी खातुनले कारागारमै बसेर न्यायका लागि लड्ने बताइन् ।
















Discussion about this post