जनकपुरधाम/बैशाख १४ गते । धनुषामा बिहीबार दुई पुरूषको श व फेला परेको छ ।
नगराईन नगरपालिका –४ स्थित सडक खण्डमा ५० वर्षीय पुरुषको शव फेला परेको छ । ती पुरुषको सनाखत हुन नसकेको धनुषका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

यस्तै धनुषाकै गणेशमान चारनाथ नगरपालिका –१ ज्यामिरे खोलाको किनारमा २७ वर्षीय युवको श व फेला परको हो । युवकको शवको पनि सनाखत हुन सकेको छैन ।

दुबै मृ तकको श व पोस्टमाटर्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । दुबै मृ तकको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ । दुबै जनाको मृ त्यु के कति कारण भएको खुल्न नसकेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
















Discussion about this post