जनकपुरधाम/बैशाख ७ गते । जनकपुरधामको एक घरमा लाखौंको चो री भएको छ ।
मंगलबार राति जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बस्ने सौखीलाल मण्डलको घरमा अज्ञात समूहले लाखौंको चो री गरेको प्रहरीले जनाएको छ ।
मण्डलको घरको मेनगेटको ग्रिल/ढोकाको ताला तोडेर जिन्सी तथा नगद गरी करिब १० लाख बराबरको चो री भएको बताइएको छ ।
मध्यरातमा १ लाख नगद, सुनको मंगलसुत्र २ थान, सुनको सिक्री एकभरको एक थान, सुनको औंठी २ थान, बच्चको हातको बलिया २ थान, सुनको बजरंग बली २ थान, चाँदीको पायल १५ भर र मोबाइललगायतका सामान चो री भएको कपिलेश्वर प्रहरी चौकीले जानकारी दिएको छ ।
चो रीको घटना घटेपछि स्थानीय त्रसित भएका छन् । निरन्तर चो री हुन थालेपछि सुरक्षा व्यवस्था बढाउन स्थानीयबासीले प्रशासनसँग माग गरेका छन् ।-ईजनकपुर टुडे बाट















Discussion about this post