सप्तरी/चैत २९ गते । सप्तरीको रुपनी गाउँपालिका र महादेवा गाउँपालिकामा आगलागि दुई जना घाइते भएका छन् भने आगलागिबाट लाखौ मुल्य बराबरको क्षति भएको छ ।
सोमबार राती जिल्लाको रुपनी गाउँपालिकामा आगलागि हुँदा दुई घर जलेर नष्ट भई १० लाख बराबरको क्षति भएको छ । वडा नं. २ स्थित रामनारायण साहको घरमा बिद्युत सर्ट भई आगलागि हुँदा उनका भाई शिवनारायण साहको समेत घर जलेर नष्ट भई सो परिमाणको क्षति भएको डिएसपी सिंहले जानकारी दिए ।
आगलागिमा तीन वटा पशु चौपायासमेत जलेर मरेको उनले बताए । दुबै ठाउँको आगलागि नियन्त्रणका लागि शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको बारुणयन्त्र तथा प्रहरी र स्थानियवासीको मद्दतले दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोमबारै महादेबा २ बस्ने जय कुमात पैकराको घरमा विद्युत सर्ट भई आगलागि हुँदा टाटी र जस्ताले छाएको ३ तल्ले फुसको घर पुर्ण रुपमा जल्दा ४ लाख ५० हजार मुल्य बराबरको क्षति भएको छ । सो आगलागिमा छिमेकी सुरेश इसरको घरको घरमा क्षति हुँदा ५० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोही दिन जिल्लाको शम्भुनाथ नगरपालिकास्थित सव डिभिजन वनकार्यालयको प्राङगणमा राखिएको पुरानो काठहरुमा अचानक आगलागि भएको छ । सो आगलागिमा १५ वटा गुलिया काठ जलेर नष्ट हुँदा एक लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
















Discussion about this post