सप्तरी/चैत २२ गते । सप्तरीको जिल्लाको कंचनरुप नगरपालिका वडा नं. १० बदगामास्थित पुर्ब पश्चिम राजमार्गमा यात्रुबाहक बसले अटोलाई ठक्कर दिदा अटोमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
पुर्बबाट पश्चिम तर्फ आउदै गरेको प्र२–०३–००१ख.०३३० नं. को बसले बिपरित दिशातर्फ जादै गरेको प्र२–०१–००१ ह.१२९६ नं. को अटोलाई ठक्कर दिदा अटो चालक कंचनरुप २ निवासी ४८ वर्षिय दिपेन साह र वडा नं. १ महादेवपट्टी निवासी २५ वर्षिय अजय कुमार राउत घाइते भएका छन् ।
घाइते दुबैको धर्मेश्वर अस्पताल ठेलियामा उपचार पश्चात थप उपचारका लागि बिराटननगर पठाइएको तथा बस प्रहरीले नियन्त्रणमा लिई फरार रहेका चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
















Discussion about this post