सप्तरी/चैत २० गते । सप्तरी सुरुङ्गा नगरपालिका १ ईटा भठास्थित भेडियाबाट सिस्वारीतर्फ जादै गरेको बोलेरोले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्रीको घटनास्थलमै मृ त्यु भएको छ ।
स.१च.१४१९ नं. को बोलेरोले बिपरित दिशाबाट आईरहेको साईकल यात्री सोही नगरपालिका २ निवासी ६१ वर्षिय गम्भिर सिंह कार्कीलाई ठक्कर दिएको थियो ।
घटनापछि चालक फ रार रहेको तथा सहचालक स्थानिय १८ वर्षिय दिलीप सदालाई प्रहरीले नियन्त्रणमा लिएको तथा उक्त घटना वारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
















Discussion about this post