शुभ नारायण यादव/सप्तरी/चैत १९ गते । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नं. ३ स्थित सारस्वरको पुवारि टोल स्थित भित्री सडकमा टयाक्टर दुर्घटना हुँदा एक जना युवकको मृ त्युु भएको छ ।
सारस्वरबाट धनगढीतर्फ जाँदै गरेको प्र २०१००१ त २५१७ नम्बरको टयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा टयाक्टर चालक बोदे बरसाइन नगरपालिका वडा नं. १ का २२ बर्षिय युवक पङ्कज यादवको घटनास्थलमै मृ त्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना पश्चात् मृ तक युवकको श व पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा टयाक्टर प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता नरेश कुमार सिहले जानकारी दिए ।
















Discussion about this post