जनकपुरधाम/चैत १३ गते । धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्वर ३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेका छन् । मृ तक फुयाल सोही ट्याक्टरका चालक हुन् । फुयालले ज १ च ३४३७ ट्याक्टर लिएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका वडा नम्वर ५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको हो ।
फुयालको घटनास्थलमै मृ त्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । श वलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post