सप्तरी/चैत ३ गते ।सप्तरीमा बिहिवार छुट्टाछुट्टै घटनामा दुईजनाको मृ त्यु भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका १४ का बर्ष १८ की आशा कुमारी मुखिया र सप्तकोशी नगरपालिका ८ बलार्दहका २२ को श्रीकान्त दासको मृ त्यु भएको हो ।
मुखिया आफ्नै सुत्नेकोठा झु न्डिएको अबस्थामामा मृ त भेटिएको र दासको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मुखियाले बाँसको बलोमा सलको पासो लगाएर झुन्डि मृ त अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी दास आफ्नै घरको ढोका अगाडि लडि अचेत भएपछि उपचारको क्रममा मृ त्यु भएको जनाएको छ । घाइते दासलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि स्वास्थ्य चौकी फत्तेपुरमा भर्ना गरेपनि उपचारको क्रममा उनको मृ त्यु भएको प्रहरीले जनाएको छ ।
मृ तक दुबैजनाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएको तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post