सप्तरी/चैत ३ गते ।धनुषामा स्कुल भ्यानको ठक्करबाट एक बालकको मृ त्यु भएको छ ।
जिल्लाको सबैला नगरपालिका १२ रघुनाथपुरमा सञ्चालित इन्टरनेशनल बोर्डिङ स्कुलको भ्यानले ठक्कर दिँदा सबैला १३ किरतपुरका अनिल यादवका तीन वर्षीय छोरा अभिराज यादवको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बिहान १० बजे विद्यार्थी लिन गइरहेको प्रदेश–२–०२–००१ च ००८४ नम्बरको स्कुल भ्यानले रघुनाथपुर चोकमा ठक्कर दिँदा बालकको मृ त्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृ त्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
Discussion about this post