nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा विकराल बन्दै छाडा चौपायाको समस्या

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १, २०७९, ११:३२ मध्यान्ह
जनकपुरधाममा विकराल बन्दै छाडा चौपायाको समस्या

चैत १ गते। जनकपुरधामका सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ ।

जनकपुरधाम उप– महानगरपालिका छाडा पशु चौपायाको व्यवस्थापनका विषयमा गम्भीर नहुँदा छाडा चौपायाले गर्दा नगर क्षेत्रका सडकहरु अस्त–व्यवस्त बनेका छन् । कहिले काँही ट्राफिक प्रहरीसंगको पहलमा छाडा चौपायालाई नगर क्षेत्रको एक चोकबाट अर्को चोकमा लखेट्ने बाहेक खासै पहल नहुँदा चौपाया धनीहरुको मनोबल बढेको छ ।

पशुको उत्पादन लिने र गाई वस्तुलाई छाडा छोड्ने प्रवृतिले गर्दा दिनप्रतिदिन छाडा चौपायाको समस्या विकराल बन्दै गएको जनकपुरधाम नगरपालिका–४का राजीब कर्णको कथन छ । छाडा चौपायाकै कारण मोटरसाइकल दुर्घटनामा परिसकेका जनकपुरधाम नगरपालिका–९ का राकेश साह भन्छन्,‘छाडा चौपायाको कारण नै मलाई एक महिना अस्पतालमा बस्नु परेको थियो,छाडा चौपायालाई तत्काल स्थानीय तहले नियन्त्रण गर्नुपर्छ।’

छाडा चौपायाको कारण सबभन्दा बढी प्रभाव नगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा पर्ने गरेको जिल्ला ट्राफिक कार्यालय जनकपुरधामका प्रहरी निरीक्षक शेखर कुमार साह बताउँछन् । उनी भन्छन्,‘छाडा चौपाया नियन्त्रण गर्नेै पर्छ अन्यथा यसले गर्दा सडक दुर्घटनाको जोखिम अत्यधिक हुन्छ।’ जनकपुरधाम उपमहानगरपालिकाले गाई गौशाला निर्माण गर्न लागेकोले छाडा चौपायाको समस्या चाँडै समाधान हुने उनको कथन थियो ।

जउनपा तथा ट्राफिक प्रहरीको संयुक्त पहलमा कहिले काँही चौपायालाई एक चोकबाट अर्को चोक तिर धपाउने बाहेक खासै कुनै पहल नहुँदा समस्या विकराल बन्दै गएको छ । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढेको छ भने सवारीसाधनलाई आफ्नो गति तय गर्न कठिनाइ देखिएको छ । सडकमा गाईगोरु, बाछा– बाछी र कुकुरलगायत दर्जनौँ पशु चौपाया छाडिएका छन् ।

कानूनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । छाडा चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिका–४ क्याम्पस चोकस्थित गाई गौशाला निर्माण भइरहेको र आगामी १५ दिन भित्रै छाडा चौपाया नियन्त्रण अभियान सञ्चालन गर्ने मेयर मनोज कुमार साह बताउँछन् । छाडा चौपायाको समस्या ठूलो रुप लिइरहेको स्विकार गर्दै उनले भने,‘गाई गौशाला निर्माण सम्पन्न भइसकेको छैन तर हामीले १५ दिनपछि छाडा चौपाया समातेर गौशालामा राख्न शुरु गर्नेछौं।’ नेपालको संविधानले स्थानीय तहलाई छाडा चौपाया व्यवस्थापनको अधिकार दिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपायाको नियन्त्रण गर्ने अधिकार सुनिश्चत गरेको छ । अनाधिकृत रूपमा सडकमा छाडिएका पशु चौपायाले सडक ढाकिदिँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको एम्बुलेन्स चालक रोशन यादवले बताए । ‘बीच सडकमा छाडा पशुले बाटो छेकेर बस्छन्, गाडी रोकेर धपाउनुपर्छ ।’ मुख्य सडकसहित भित्री सडकहरूमा समेत छाडा चौपायाको समस्या रहेको चालकहरूको गुनासो छ ।

शिवचोक मिल्स एरिया,शिवचोक जानकी चोकलगायतको बाटोमा पशुले सम्पूर्ण बाटो नै छेकेर बस्ने गरेको दुर्भाग्यपूर्ण अवस्था रहेको जानकी चोकमा व्यापारी राजु गुप्ता बताउँछन् । सडकमा पशु चौपायालाई छाडा छाड्नेलाई पनि कारबाही हुने व्यवस्था लागु गर्न गुप्ताको माग छ । व्यापारी गुप्ता मात्र होइन उनी जस्ता दर्जनौ व्यवसायीहरु छाडा चौपायाको समस्यालाई लिएर सम्बन्धित निकायसंग माग गरेका छन् ।

Tags: जनकपुरधामधनुषा खबर

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि