सुनसरी/चैत १ गते । गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृ त्यु भएको छ ।
सुनसरीको बर्जु गाउँपालिका–२, ढट्टाटोलमा बर्जु–३ की ३६ वर्षीया चन्द्रकलादेवी रायको को ७ प ५६५ नम्बरको मोटरसाइकलबाट खसेर मृ त्यु भएको हो ।
उनी गुडिरहेको मोटरसाइकलमा पछाडि सवार थिइन् । उनलाई अस्पताल पु¥याउनासाथ चिकित्सकले मृ त घोषणा गरेका प्रहरीले जनाएको छ ।
सो मोटरसाइकलका चालक एवं मृ तक महिलाका श्रीमानलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।














Discussion about this post